ओलीले एमालेलाई नारायणी नदीमा ‘तिलाञ्जली’ दिइसके : अध्यक्ष नेपाल


Sunsari. CPN (Unified Socialist) Chairman Madhav Kumar Nepal has said that KP Sharma Oli has betrayed the CPN (UML) on the Narayani River. Speaking at a party-level gathering and cadre training program in Itahari of Sunsari on Monday, Chairman Nepal said that UML Chairman Oli's party was over.

यसका साथै अध्यक्ष नेपालले एमालेभित्र पार्टीको झण्डा बाँदरले बोक्नुपर्ने दिन आउने भन्दै ‘ओली एण्ड कम्पनी’को दिन सकिएको बताए । त्यस्तै पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैंडालाई थमाइएको भन्दै उनले व्यंग्य समेत गरेका थिए ।

एमालेभन्दा आफ्नो पार्टी नेकपा (एस) देशभर मजबुत बन्दै गएको दाबी गर्दै उनले सत्ता गठबन्धन दलहरूको अगाडि ओलीको केही नलाग्ने बताए ।

अध्यक्ष नेपालले भनेका छन्, ‘त्यो जमात अब क्रान्तिकारी रहेन । कम्युनिस्ट चरित्रलाई कायम राख्न सकेन । माक्र्सवादको मूल्य र मान्यतासँगै जनताको बहुदलीय मूल्य र मान्यतालाई तिलाञ्जली दिएको छ । त्यो नारायणी नदीमा बगाइदिसकेको छ ।’

Comments